बन्ने भयो शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय भबन

ललितपुर । शान्ति शिक्षा अभियान नेपाल नामक गैर सरकारी संस्थाको भबन निर्माणका लागि सोमबार ललितपुरमा एक समारोहवीच शिलान्यास गरिएको छ ।

ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सोही नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले भबनको शिलान्यास गरेकी हुन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आना क्षेत्रफलको जग्गामा भबन बनाउन शिलान्यास गरिएको हो । भबन तीन आनामा मात्रै हुने जनाइएको छ । भबन साढे दुई तल्लाको हुने जनाइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय बागमति प्रदेशबाट अनुदान प्राप्त ३३ लाख ६३ हजार ९५ रुपैयाँ ७९ पैसा र संस्थाको तीन लाख ७३ हजार ६ सय ७७ रुपैयाँ ३१ पैसाको बजेटबाट भबन निर्माण थालिएको जनाएको छ । शिलान्यास कार्यक्रममा भबन निर्माणका लागि भन्दै महालक्ष्मी नगर प्याव्सनका अध्यक्ष कैलाशकुमार मल्लले रु २५ हजार सहयोगस्वरुप प्रदान गर्ने घोषणा गरेका थिए ।

भबन निर्माण दसै अघि नै सम्पन्न गर्ने योजना राखिएको छ । भबन बहुउद्देश्यीय रहने जनाइएको छ । भबनलाई शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा बिकाश गर्ने योजना राखिएको छ ।

भबनका कोठाहरु शान्ति शिक्षा अभियान नेपालको कार्यालयका रुपमा रहने छन् । साथै बाँकी कोठाहरुमा भौतिक तथा इ-लाइव्रेरी, स्टडी रुम, शान्ति शिक्षा अभियान नेपालका पाहुनाका लागि राख्न होम स्टेलगायतका लागि प्रयोग हुने जनाइएको छ ।

भबन सञ्चालनमा आएपछि महालक्ष्मी नगरपालिकाभित्रका करिव २५ हजार विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास संस्थाका अध्यक्ष रवीन्द्र महर्जनले गरे ।

शिलान्यास कार्यक्रममा उपमेयर महर्जन, संस्थाका अध्यक्ष रवीन्द्र महर्जन, सचिव एवं शिक्षामार्फत् बालविवाहका अभियन्ता कल्पना महर्जन, भबन रहेको महालक्ष्मी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अमृत खत्रीलगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.