पत्रकार कल्याण कोषलााई एक लाख सहयोग

महोत्तरी । नेपाल पत्रकार महासंघ मधेस प्रदेशको पत्रकार कल्याण कोषलाई महोत्तरीको मटिहानी नगरपालिकाले रु एक लाख प्रदान गरेको छ ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रबार महासंघ मधेस प्रदेश अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि रु एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

महासंघ मधेस प्रदेश समितिले पत्रकारको कल्याण र आकस्मिक उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले पत्रकार कल्याण कोषको स्थापना गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा पनि सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम समेटेको छ ।

You might also like

Comments are closed.