मधेशको प्रदेशसभा बैठक सोमबार बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौ । मधेश प्रदेशको प्रदेशसभा बैठक सोमबार बस्ने भएको छ । बैठकमा सोमबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हो ।

बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ । बैठकमा बजेटसँगै केही विधेयकमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस अघि यहि असार १ गते बजेट प्रस्तुत गरेपछि बैठक स्थगित गरिएको थियो।

असार १ गते अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.