काठमाडौं । एस इन्सटिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजना गरिने ‘एस सिक्का’ नाटक प्रदर्शन हुने भएको छ । इन्सटिट्युटले यो कार्यक्रम हरेक वर्ष गर्दै आएको छ । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । बिगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक वर्ष नाटक गर्दै आएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्सटिट्युटले यसपालीको नाटकको नाम ‘एक सिक्का’ राखेको जानकारी दिएको छ । जसको नाट्य, आलेख र निर्देशन प्रदिपकुमार चौधरी र सह-निर्देशन भरत लिम्बुले गरेका छन् । नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार दिउसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ ।
एस इन्सटिट्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिपकुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका बारेमा जानकारी गराएका थिए । साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुती पनि रहेको थियो ।
कथा
नाटक एक सिक्का लोक कथामा आधारित नाटक हो । एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नु परेको पानीको अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताहरुले भोग्नु परेको तितो यथार्थमा नाटक केन्द्रित छ ।
बेलका भन्ने राज्यको जलपुरा भन्ने गाउँका प्रजाहरु खडेरीका कारण अन्न अभाव र पानी अभावले भोक र तिर्खाले प्रजाहरु ब्याकुल भएको खबरले खडेरी परेको जलपुरा भन्ने ठाउँमा त्यहाँका राजा सत्यासेन स्वयं स्थलगत भम्रणमा जान्छन् र विज्ञहरुको परामर्श पश्चात् पानी ओसार्ने युवाहरु राज्यका तर्फबाट नियुक्ति गर्ने आदेश दिन्छन् ।
पानी भर्ने छनौट प्रक्रियामा धेरै प्रजाहरु सहभागी हुन्छन र केही युवा छनौट हुन्छन । छनौट हुनेमा त्यहाँको युवा हर्कमान पनि पर्छन । घर–घरमा पानी पुर्याउने काम पाएका युवाहरु गाउँ भरिका मान्छेहरुलाई निकै परको नदिबाट पानी बोकेर घर–घरमा पुर्याउने काम गर्न थाल्छन् । हर्कमान पानी पुर्याउने क्रममा गाउँको मुखियाको घरमा पुग्छन् र मुखियाको राम्री छोरी रूपवतीसंग नजरसंगै मन साटिन्छन् । रूपवतीसंग हर्कमानको टुसाएको प्रेम झान्ङ्गिन नपाई गाउँमा विषादी हावाको रुपमा फैलन्छ । मुखियाको इशारामा हर्कामानलाई मरणासन्न पारेर उनका केटाहरूले नदि किनारमा फालिदिन्छन् ।
प्रेम पिडामा बलिएको हर्कामानको जीवन सबैतिरबाट अन्धकारमय हुन्छ तर, एकदिन अचानक हर्कमान बाटोमा एकसिक्का भेट्छन् र सिक्का पुरानो दरवारको एउटा किल्लामा लुकाएर घर फर्किन्छन् । त्यही एक सिक्काको महत्व थाहा पाउछन् र सिक्का लिन राज्यले निषेधाज्ञा लगाएको बेला राजाले चर्को घाममा कुदिरहेको हर्कमानलाई देख्छन् ।
सैनिकलाई पठाएर दरवारमा बोलाउन पठाउछन् । राजाले हर्कमानलाई यस्तो घाममा किन हिडेको भनि प्रश्न गर्छन् । हर्कामान सिक्का भन्न आनाकानी गर्छन् । तर, अन्ततः राजाले कुरो खुस्काई छाड्छन् । राजाले त्यो सिक्का भुल बरु राज्यको मोहर लिएर जाउ भन्छन् । तर, हर्कामान त्यही सिक्काको जिद्द गर्छ ।
राजाको घमण्ड र हर्कमानको जिद्दीले आखिर राजाले आधा राज्य दिन्छु भनी हर्कमानको जिद्दीलाई जिति छाड्छन् । एक सिक्काको कारण हर्कामान नयाँ मुलुकको नयाँ राजा घोषणा हुन्छ । नाटकमा एक सिक्काले हर्कमानको जिवनमा ल्याएको भाग्यको बदलावलाई चित्रण गरिएको छ ।
Comments are closed.