निजी अस्पतालबाट पनि स्वास्थ्य बीमा सेवा दिने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले निजी अस्पतालबाट पनि स्वास्थ्य बीमा सेवा दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

आज बसेको उक्त बैठकले अहिले पुरानै व्यवस्थाअनुसार, लाभग्राहीले सामुदायिक र सरकारीसँगै निजी अस्पतालबाट पनि सेवा पाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिएको हो।

बजेटले सामुदायिक र सरकारी अस्पतालबाट मात्रै सेवा दिने व्यवस्था गरेपछि निजी अस्पतालले सेवा बन्द गरेका थिए। जसले गर्दा स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई सेवा लिन समस्या सृजना भएको थियो । सोही यो समस्या सुल्झाउन शुक्रबार शिक्षा तथा स्वास्थ्य समितिको बैठक बसेको थियो।

सरकारले ल्याएको चालु आर्थिक वर्ष २०७९र८० को बजेटमा ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइने’ उल्लेख गरिएको थियो।

उनीहरूसँगको छलफलपछि संसदीय समितिले तत्काल पुरानै व्यवस्थाअनुसार, निजी अस्पतालबाट पनि सेवा दिने व्यवस्था गर्न निर्देशन दिएको हो।बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी उपस्थित रहेका थिए।

You might also like

Comments are closed.