मकै बालीमा हावाहुरीको क्षति

रुकुमपूर्व । रुकुमपूर्वमा हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पु¥याएपछि किसान चिन्तित भएका हुन् । शुक्रबार र शनिबार रातिको वर्षासँगैको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको हो ।

हावाहुरीका कारण यसपालि लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका–५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताए। किसानले लगाएको सबै मकै ढलेपछि ६ महिना धकेल्ने अन्नको सत्यानास भएको बोहोराले दुःखेसो पोखे।

त्यस्तै भूमे गाउँपालिकाको ९ नं वडामा पनि हावाहुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ। यस वडाको च्याङचुङमा अहिले कतै पनि ठाडो मकै देख्न नसकिने गन्जु खड्काले बताए। च्याङचुङमै दलबहादुर खड्का र विमला खड्काको घर पनि पहिराको जोखिममा परेको उनले बताए ।

jutta mela

भूमे गाउँपालिका–८ को कुचिवाङमा पनि हावाहुरीका कारण मकै बाली सखापै छ। कुचिवाङमा यसअघि नै पहिराले खानेपानीको मुहानमा क्षति पुर्‍याउँदा आकाशको पानी सङ्कलन गरेर पिउन त्यहाँका नागरिक बाध्य छन् ।

शुक्रबार र शनिबारको वर्षाले विद्युत् आयोजनामा क्षति गर्दा गाउँ नै अन्धकार भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । कुचिवाङ खोला लघुजलविद्युत् आयोजनाको नहरमा पहिराले क्षति पुर्‍याएको छ भने पोल ढलेका छन्, तारसमेत चुडिएका छन् ।

You might also like

Comments are closed.