चिन्ते सामुदायिक वन धार्मिक पर्यटन क्षेत्र

काठमाडौं ।  चिन्ते सामुदायिक वन रामपुर नगरपालिका-१ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूर्ति भित्र्याइएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास हुदैँ गरेको यस वनलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले भगवान् शिवको मूर्ति भित्र्याइएको हो । शिवलिङ्ग, शङ्ख, पर्वत तथा भगवान्का आकृति रहेको गुफाभित्र मूर्ति भित्र्याई प्राणप्रतिष्ठा गरिएको छ ।

चिन्ते सामुदायिक वनका पूर्व अध्यक्ष सीताकुमारी सिंह र सदस्य विष्णुदेवी सिग्देलले मूर्ति सहयोग गरेका हुन् । पर्यापर्यटनको लागि सौन्दर्यीकरणसँगै यहाँको छाङ्दी झरना अहिले आन्तरिक पर्यटकको रोजाइँमा परेको छ । झरनासँगै रहेको चमेरे गुफालाई धार्मिकस्थलको रुपमा विकास गर्नको लागि पहल सुरु भएको छ ।

jutta mela

कालीगण्डकी नदी नजिकै रहेको गुफाको आफ्नै महिमा भएको भन्दै यसलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गरिन थालिएको हो । झरना अवलोकनको लागि आउनु भएको एक जना मातामा देवी चढेपछि गुफामा भगवान् शिवको बास रहेकाले शिवको मूर्ती राखिएको स्थानीय बताउँछन् ।
यहाँको झरनामा पछिल्लो समय रमाउन जानेको घुइचो छ । विभिन्न ठाउँबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पाइन्छ ।

डिभिजन वन कार्यालय पाल्पाले झरनाको सौन्दर्यकरणको लागि पौडी पोखरी, बाटो, आकर्षक काठको रेलिङ्गसहित, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरेपछि वनले पर्यटक लोभ्याइरहेको छ । यहाँ दैनिकजसो करिव तीन सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ ।

कालीगण्डकी सडक सञ्जालसँग जोडिएकाले पनि पर्यटकलाई आवतजावतमा सहज भएको छ । करिव एक सय ५० मिटर माथिबाट झरेको झरनाको पानीमा हिजोआज आन्तरिक पर्यटकहरु पौडी खेल्ने र रमाउनेको दृश्य देख्न सकिन्छ ।

You might also like

Comments are closed.