सडक निर्माणमा आर्थिक अभाव हुँदैन : मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले पोखरा २२ मा निर्माण हुन लागेको नेटा लुकुन्स्वाँरा–वडादेखि पुम्दीकोटसम्म पिच सडक निर्माणमा रकम अभाव नहुने बताएकाव छन् ।

उक्त पिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले पुम्दी भुम्दीको रणनीतिक महत्व रहेको उक्त बाटो निर्माणमा रकम अभाव नहुने बताएका हुन् । उक्त सडक निर्माणको क्रममा सबैले मन खोलेर सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले गुणस्तरिय सडक निर्माणमा जुट्न आग्रह गरे । सडक विस्तारको क्रममा जग्गा उपलब्ध गराउने विषयमा जसले पहिला केही गुमाउछ, प्रतिफल पनि उसैले पहिला पाउने मन्त्री बरालको भनाई थियो ।

समयमै उक्त परियोजना सम्पन्न गर्न सबैको सकरात्मक भूमिका आवश्यक भएको मन्त्री बरालको भनाई थियो । पुम्दीकोट विशाल महादेवको मुर्ति निर्माणले हाल पुम्दी भुम्दीको पहिचान भएको उल्लेख गर्दै मन्त्री बरालले अब पोखराको बजारदेखि पुम्दीकोटसम्मको पिच सडक निर्माणले पुम्दी भुम्दीको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

पोखराको छोरोपाटन खाल्से हुँदै कुभिन्डे सडक निर्माण प्रकृयासमेत अघि बढेको बताउदै मन्त्री बरालले पोखराको मुख्य बजारदेखि नजिक भएर पनि यस क्षेत्रको विकासमा रणनीतिक महत्वका सडक निर्माण नहुँदा धेरै पछि परेको बताए । धेरै कठिनाइका बाबजुत सामुहिक प्रयत्नका कारण उक्त सडक निर्माण हुने अवस्थामा आएको मन्त्री बरालले बताए । इतिहासलाई नर्बिसिन आग्रह गर्दै मन्त्री बरालले रणनीतिक महत्वका कामको नेतृत्व लिने व्यक्ति जनताको मनमा सधै रहने दाबी गरे ।

उक्त सडक निर्माणकाा क्रममा जग्गा दान गर्नेहरुलाई पोखरा २२ वडा कार्यालयले एक समारोहका बिच भव्यरुपमा सम्मान गर्ने वडा अध्यक्ष हिमलाल बरालले बताए । अर्थमन्त्री बरालकै विशेष पहलमा उक्त सडकसहित पुम्दी भुम्दीका ठाँउमा सम्बोधन भएको अध्यक्ष बरालले बताए । उक्त निर्माण कम्पनी एम/एस फेवा पिएल जेभि पोखराका प्रेम पहारीले उक्त परियोजनामा कुनै बाधा अवरोध नभएमा आगामी असारभित्र निर्माण कार्य सम्पन्न गर्ने दाबी गरे ।

पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले करिब साढे तीन किलोमिटर, ८ मिटर चौडाईमा उक्त सडक पिच हुने भएको बताए । २०८१ साउन १ गतेभित्र सक्ने गरी उक्त निर्माण कम्पनीले ९ करोड ८८ लाखमा निर्माण गर्ने उनले बताए । अबको ११ महिनामा नेटा लुकुन्स्वाँरा–पोखरा २२ को वडादेखि पुम्दीकोटसम्म पिच सडक निर्माण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

उक्त सडक निर्माण भएसंगै पुम्दी भुम्दीको विकासमा थप टेवा पुग्ने पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उक्त सडक निर्माणमा आफुहरु कटिवद्ध भएको स्थानिय नवराज बरालले जनाए ।

You might also like

Comments are closed.