राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार पाउने

मोरङ । प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताएका छन् ।

प्रदेश नं १ आइटिएफ तेक्वान्दो संघको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा आज यहाँ उनले तेक्वान्दो सहभागी हुने खेलाडीले सबैभन्दा बढी स्वर्ण पदकलगायत अन्य पदक जित्ने विश्वास व्यक्त गरे ।

सदस्य सचिव वाग्लेले भाइ भतिजा नभनी निष्पक्षरूपमा खेलाडी छनोट गरेमा खेलकुदको विकास हुने धारणा राखे ।

तेक्वान्दो संघका प्रदेश अध्यक्ष प्रवीण कार्की, खेलकुद विकास वोर्डका सदस्य शैलेश विष्ट र विराटनगर–४ का वडाअध्यक्ष जितन थापाले एक घर एक खेलाडी उत्पादन अभियानले खेलकुद क्षेत्रको विकास हुने विचार राखे । अधिवेशनमा प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो ।

 

You might also like

Comments are closed.