एकल विद्यालय अभियानको योजना बैठक काठमाडौंमा सुरु

काठमाडौं । जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानको राष्ट्रिय योजना बैठक काठमाडौंमा सुरु भएको छ ।

शुक्रबार काठमाडौं न्यूरोड स्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित बैठकको उद्घाटन सत्रमा जनकल्याण प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष ओम प्रकाश सर्राफ, कार्यकारी अध्यक्ष विनोद पोद्धार, महासचिव महावीर घिराईया, प्रमुख अतिथि वास्तुविद एवं नेपाल शिक्षण परिषदका महासचिव डा.वासुदेव कृष्ण शास्त्री, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक माननीय वेद प्रकाश, बरिष्ठ समाजसेवी विमल केडिया अतिथिगण राष्ट्रिय नगर महिला समिति अध्यक्ष विमला बागडिया, मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयलसहित संस्कारमुलक अनौपचारिक शिक्षाको माध्यमले देशका करिब ५४ जिल्लाका बालबालिकालाइ्र्र निःशुल्क शिक्षा प्रदान गर्दै आएको यस अभियान संग सम्बद्ध करिब २०० अभियान्ताहरु बैठकको उद्घाटन सत्रमा उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रमा संगठन परिचय गराउदैअभियानका संगठन सचिव  प्रल्हाद कुमारले अभियानको स्थापना, उद्देश्य एवं कार्यशैलीबारे प्रकाश पारेका थिए ।

दुई दिन चल्ने बैठकमा एकल विद्यालय अभियानले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमहरु अन्तर्गत एक वर्षभर सम्पन्न भएका गतिविधि र आगामी वर्षको कार्ययोजना बारे विस्तृत छलफल हुने अभियानका राष्ट्रिय अभियान प्रमुख अरविन्द साहले बताए ।

आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि डा. वासुदेव कृष्ण शास्त्रीले एकल अभियान कुनै सामान्य अभियान नभई राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्‍याउने हेतु सामान्य व्यक्तिद्वारा सञ्चालित असामान्य अभियान हो । यस अभियानको लक्ष्य प्राप्तिका निम्ति सबैको हातेमालो आवश्यक रहेको बताए ।

You might also like

Comments are closed.