‘प्रदेशका योजना आयोग सशक्त बनाउन ऐन जरुरी’

पोखरा । सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निष्कर्षसहितको प्रतिवेदन बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ ।

भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदासहितको विवरण नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले ६ दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोगसमेत गठनादेशबाट चल्दै आउनु विडम्बनापूर्ण रहेको बताए । केन्द्र र प्रदेशका योजना आयोगहरुलाई अझ सशक्त बनाउनका लागि यो भेलाले महत्वपूर्ण निर्णयहरु गरेको उनको भनाइ थियो । भेलामा भएका निर्णय कार्यान्वयनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता मुख्यमन्त्री पोखरेलले जनाए ।

jutta mela

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. काफ्लेले प्रदेशका आयोगलाई सशक्त र प्रभावकारी बनाउनका लागि ऐन बनाएर ल्याउन जरुरी रहेको बताए । त्यसैका लागि भेलाले गरेको मार्गनिर्देशनअनुसार प्रदेश नीति तथा योजना आयोग ऐनको मस्यौदा तयार पारिएको जानकारी दिए ।

यसैगरी प्रदेश तथ्यांक व्ययवस्थापन ऐन, प्रदेश आयोजना बैंक निर्माण सम्बन्धी मापदण्ड, प्रदेश आयोजना बैंक दिग्दर्शन, प्रदेश योजना अनुगमन तथा मूल्यांकन ऐनको मस्यौदा समेत उपाध्यक्ष डा. काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका छन् ।

You might also like

Comments are closed.