बैंकको ब्याजदर घटाउन माग गर्दै व्यवसायीद्वारा माइतीघरमा जुलुस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा काठमाडौंको माइतीघरमा व्यवसायीहरुले बैंकविरुद्ध जुलुस निकालेका छन् । बैंकहरूको चर्को ब्याजदर घटाइदिन आग्रह गर्दै उद्योगी व्यवसायीहरुले शुक्रबार माइतिघर मण्डलामा प्रदर्शन गरेका ह्न्।

बैंकिङ नीति, चर्को ब्याजदर र शतप्रतिशत एलसी मार्जिनका कारण औद्योगिक क्षेत्र समस्यामा परेको तथा निजी बैंकले कायम गरेको उच्च ब्याजदरले औद्योगिक र व्यावसायिक क्षेत्र चौपेटामा परेको गुनासो व्यवसायीले गरेका छन ।

बैंक तथा वित्तीय क्षेत्रमा भएका अनुउपयुक्त कदमहरु तथा बैंक तथा वित्तीय संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि गरेको भन्दै यसविरुद्ध राज्यलाई सचेत गराउन शान्तिपूर्ण मौन विरोध कार्यक्रम गरिएको नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

व्यवसायीहरुले ‘बैंकिङ आतंक बन्द गर’, ‘चालु पुँजी कर्जा निर्देशिका संशोधन गर’, ‘उच्च ब्याजदर फिर्ता गर’, ‘महंगो सेवा शुल्क फिर्ता गरलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.