नुवाकोटको संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जंग शाह संस्कृत मावि सेफ्टी स्टार रेटिङ शुरु गर्ने नुवाकोटको पहिलो स्कुल भएको छ ।

नासा नेपालको सहयोगमा सुरक्षित विद्यालय, सुरक्षित यात्रा र सुरक्षित विद्यार्थीको लागि सेफ्टी रेटिङ गरिएको हो । संसारमा दैनिक ३५ सय नागरिकको सडक दुर्घटनामा परी अकालमा मृत्यु भइरहेको छ । नेपालमा समेत दैनिक ८ जनाले दुर्घटनामा ज्यान गुमाइरहेका छन् । सेफ्टी स्टार रेटिङमा प्रवेश गरे पश्चात विद्यार्थीहरुले सडक दुर्घटना न्यूनीकरण बारे आवश्यक ज्ञान प्राप्त गर्न सक्छन् ।

वि.सं २०५५ सालमा स्थापित यो स्कुलमा ६ सय भन्दा बढी विद्यार्थी छन् भने संस्कृत माध्यममा पनि पढाइ हुने गरेको छ । विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानसमेत दिँदा र उनीहरुको यात्रा सहज हुँदा अभिभावक तथा समाजले समेत ढुक्क हुने अवस्था रहन्छ । विद्यालय अगाडि जेब्रा क्रसिङ, ३० किमी स्पिड लिमिट र स्कुल एरिया लेखिएको विभिन्न बोर्डसमेत राखिएको छ।

jutta mela

विद्यालयमा रोड सेफ्टी क्लब गठन गरिएको छ । सबै विद्यार्थीलाई नासा नेपालका निर्देशक गोबिन्द भट्टराईका साथै सञ्जय लुइँटेल र ट्रान्सपोर्ट इन्जिनियरहरुले सुरक्षित यात्राको तालिम समेत प्रदान गरेका छन् ।

प्रिन्सिपल मञ्जु चित्रकारको स्कुललाई जिल्लाकै नमुना बनाउने उद्देश्य अनुरुप यस किसिमको अभियान शुरु गरिएको बताइन् । अन्तर्राष्ट्रिय रोड एसेस्मेन्ट प्रोग्रामअन्तर्गत अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) ले विश्वभर स्टार रेटिङ स्कुल बनाउने गर्दछ । नेपालभर हाल १४ वटा स्कुल कलेजमा सो अभियान शुरु गरिएको नासा नेपालले जनाएको छ ।

You might also like

Comments are closed.