गाईभैँसीमा ‘लम्पि स्किन’ सरुवा रोग फैलिँएपछि किसान चिन्तित

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ (एक प्रकारको सङ्क्रामक सरुवा रोग) देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख डा ऋषभ गुरागाईंले बताए । नवलपुरको देवचुली नगरपालिकामा उक्त समस्या देखिएको हो । देवचुली नगरपालिकासहित गैँडाकोट र कावासोतीमासमेत गाईभैँसीमा रोग देखिएको छ ।

नवलपुरमा गत असोजदेखि फाट्टफुट्ट ‘लम्पि स्किन’ रोग देखा परेकामा अहिले जिल्लाका विभिन्न पालिकामा समेत फैलिएको उनले बताए । देवचुली नगरपालिकामा गाईभैँसीमा यो रोगको अवस्था भयावह रहेको उनको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा रोग फैलिँदै गएको कार्यालय प्रमुख गुरागाइँले बताए ।

jutta mela

‘असोजमा फाट्टफुट्ट देखिएको थियो, अहिले विभिन्न पालिकामा फैलिएको छ”, उनले भने। देवचुलीका १३ गोठबाट नमूना संकलन गरिएको थियो । सत्तरी ७० प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ भएमा ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा पशुको मृत्यु हुने गुरागाइँले बताए ।

किर्ना, भुसानाबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको उनले बताए । रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको गुरागाइँको भनाइ छ । “खोप उपलब्ध नहुँदा थप समस्या भएको छ, सरकारले खोप खरिदको निर्णय गरिसकेको छैन्, सङ्क्रमण देखिएको पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ”, उनले भने ।

You might also like

Comments are closed.