काठमाडौं । क्यामरुनको राजधानी याओन्देमा आइतबार आएको भिषण पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
सोमबार यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर यहाँका १४ जनाको ज्यान गएको छ भने अन्य केही वेपत्ता भएका छन् ।
यहाँ पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए ।
त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति वेपत्ता भएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ।
Comments are closed.