अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहयोग

काठमाडौं । अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर प्राप्त गरेको छ ।

अफगानिस्ताले उक्त रकम थप सहयोग पाएको मंगलबार केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) ले जनाएको हो ।

नगदमा मानवीय सहायता पठाएकोमा अन्तरराष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ ।

त्यस्तै विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो। युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुर्याएको छ ।

You might also like

Comments are closed.