नेपालमा भित्रियो ७ लाख ५० हजार मूल्यको इलेक्ट्रिक स्कुटर

काठमाडौं । नेपालमा ७ लाख ५० हजार बराबरको मूल्य पर्ने इलेक्ट्रिक स्कुटर भित्रिएको छ । इकुटर ब्रान्डको सो स्कुटर नेपाली बजारमा पायोनियर वर्ल्डवाइड प्रालिले भित्र्याएको हो ।

सो स्कुटरको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसमा ८ किलोवाटको इनर रोटर हाई स्पिड सेन्टर मोटर रहेको छ । यसमा भएको ६४ भोल्ट ४२ एम्पियरको ब्याट्रीले १७० किलोमिटर भन्दा बढी माइलेज दिने बताइएको छ ।

ड्युअल च्यानल एबीएस भएको सो स्कुटरमा मोबाइलको सिम प्रयोग गरी स्कुटर ट्रयाक गर्ने र अन्य विविध गतिविधि निगरानीमा राख्न सकिन्छ ।

jutta mela

अष्टियन ब्रान्ड इकुटरको यो स्कुटर चीनमा उत्पादन हुन्छ ।

 

You might also like

Comments are closed.