भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

काठमाडौं । आगामी ८ वर्षभित्र भारतले जापान र जर्मनीलाई उछिन्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दुई फरक संस्थाको रिपोर्टमा उल्लेख छ।

एस एन्ड पी ग्लोबल र मोर्गान स्टेनलीको रिपोर्टमा भारतको कुल ग्राहस्थ उत्पादन उल्लेख्य रुपमा वृद्धि हुने प्रक्षेपण गरेका छन् ।

मोर्गान स्टेनलीले सन् २०३१ भित्र भारतको जीडीपी अहिलेको तहभन्दा दोब्बर हुने प्रक्षेपण गरेको छ। भारतले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्दै आएको छ।

jutta mela

भारतको घरेलु उत्पादन वृद्धि, आन्तरिक खपत र निर्यात समेत सुधारतर्फ बढेसँगै आर्थिक प्रगतिले गति लिएको आर्थिक रिपोर्टहरुमा उल्लेख छ ।

You might also like

Comments are closed.