आगलागी पीडितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक । मेलम्ची-११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ ।

मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट संकलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो । गत कार्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो ।

यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत संकलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । संकलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए ।

jutta mela

यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट संकलित ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य संघले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।

You might also like

Comments are closed.