युरोपेली संसदमा भ्रष्टाचारको आरोप अत्यन्त गम्भीर : इयु

काठमाडौं । कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्षविरुद्धको भ्रष्टाचारको आरोप अत्यन्त गम्भीर चिन्ताको विषय भएको इयु प्रमुख उर्सुला भोन डेर लेनले बताएकी छन् ।

युरोपियन संसद्का उपाध्यक्षविरुद्धको आरोप अत्यन्त ठूलो चिन्ताको विषय भएको बताउदै यो विषय गम्भीर रहेको टिप्पणी गरेकी छन्।

‘यो हाम्रा संस्थाहरूमाथिका मानिसहरूको विश्वासको प्रश्न हो। हाम्रो संस्थाप्रतिको विश्वासलाई अक्षुण्ड राख्न आवश्यकता छ’- उनले भनिन् ।

You might also like

Comments are closed.