समाजवादी ट्रेड युनियन महासंघको घटक संगठनहरुको भेला सम्पन्न

पोखरा । समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गतको गण्डकी प्रदेश स्तरीय निर्माण तथा यातायात श्रमिक संगठनको प्रथम संयुक्त भेला सम्पन्न भएको छ ।

पोखरामा शनिबार सम्पन्न भेलाले भुवन भट्टराईको अध्यक्षतामा १७ सदस्यीय गण्डकी प्रदेश स्तरीय समाजवादी निर्माण श्रमिक संगठन गठन गरेको छ । त्यसैगरी कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय गण्डकी प्रदेश स्तरीय समाजवादी यातायात श्रमिक संगठनको गठन भएको छ ।

सोही अवसरमा केशव थापाको अध्यक्षतामा समाजवादी ट्रेड युनियन महासंघको कास्की जिल्ला समिति गठन भएको छ । महासंघका प्रदेश अध्यक्ष भीम मगरातीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ रहेका थिए भने समाजवादी ट्रेड युनियन महासंघका गण्डकी प्रदेश इन्चार्ज झलक पौडेल विशिष्ट अतिथि रहेका थिए ।

निर्वाचन सम्पन्न भएसंगै समाजवादी ट्रेड युनियन महासंघले संगठन विस्तारको कामलाई तिव्रता दिएको महासंघका केन्द्रीय अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.