जेसीआई व्यास नगरको अध्यक्षमा राजु राना निर्वाचित

दमौली । जेसीआई व्यास नगरको अध्यक्षमा राजु राना निर्वाचित भएका छन् । शनिबार सम्पन्न २९ औं साधारणसभा तथा २८ औं अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् ।

रानाले ५१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नवीन पुरीले ४७ मत प्राप्त गरेका थिए । सहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति नभएपछि चुनाव गरिएको हो ।

समितिको कार्यकारिणी उपाध्यक्षमा अजर नागिला (सुदिप) र युवराज भण्डारी चयन भएका छन् ।

You might also like

Comments are closed.