नेपाल लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच सहमति

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिबीच सहमति भएको छ । मंगलबार भएको सहमति पत्रमा लघुवित्त बैंकर्स संघको तर्फबाट महासचिव रामबहादुर यादव र लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको तर्फबाट केन्द्रीय उपाध्यक्ष एलिमा मियाले हस्ताक्षर गरेका छन् ।

सहमति गर्दै संघले कोभिड संक्रमणले निम्त्याएको आर्थिक मन्दीका कारण विपन्न तथा ग्रामिण क्षेत्रमा संचालित स–साना व्यवसाय तथा कृषि पेशामा आवद्ध जनसमुदायमा प्रभाव परेकाले त्यसको न्यूनिकरणका लागि लघुवित्त वित्तीय संस्थाको लगानीलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै, सम्झौतामा लघुवित्त संस्थाहरुले गर्ने लगानीलई उत्पादनमा आधारित बनाई किस्ता निर्धारण तथा व्यवसायजन्य लगानी सुरक्षाका लागि बीमालाई प्रभावकारीरुपमा कार्यान्वय गर्ने, लघुवत्ति वित्तीय संस्थाहरुले ऋणी सदस्यहरुसँग कर्जा असुली गर्दा मानवीय र सम्मानजनक व्यवहार गर्दै स्वस्थ लघुवित्त सम्बन्धी अभ्यास कार्यान्वय गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाल सरकारले दिँदै आएको अनुदानमा आधारित कर्जालाई लघुवित्त वित्तीय संस्थामार्फत ग्रामीण तथा पिछडिएको समुदायमा लगानीका लागि दुवै सम्झौता पक्षधरहरुले सम्बन्धित निकायलाई अनुरोध गर्ने, लघुवित्त वित्तीय संस्थाबाट कर्जा दिई कालो सूचीमा परेका सदस्य, धेरै लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा लिई विस्थापित सदस्यहरुको समस्या समाधान गर्न आवश्यक संयन्त्र बनाई त्यस्ता व्यक्तिहरुको समस्या समाधान गर्नेलगायतकाे सहमति भएको छ ।

You might also like

Comments are closed.