मोबाईललाई अत्यावश्यकीय वस्तुमा राख्न मोबाईल व्यवसायी महासंघको अनुरोध

काठमाडौं । नेपाल मोबाईल व्यवसायी महासंघले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार महासंघले नवनियुक्त अर्थमन्त्री पौडेललाई भेट्दै शुभकामनासहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एस.डि.एम.एस)को प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
साथै वर्सेनी ४० अर्व भन्दा बढी राजस्व उठाउने ठूलो स्रोत मानिएको मोबाईल व्यवसायी बजार अहिले गम्भीर अवस्थामा पुगेको बताउँदै महासंघले बैंकिङ क्षेत्रमा देखिएको जटिलताले व्यवसायी कर्मचारी र यसका आश्रितहरुलाई समस्या भएको जनाएको छ ।

यसका लागि सहुलियत दरमा र सहज ऋण प्रवाह गर्ने व्यवस्था मिलाइदिन महासंघले अनुरोध गरेको छ । त्यस्तै, महासंघले घर वहाल लिने र दिने मापदण्ड प्रभावकारी नहुँदा आकासिएको घर वहाल र करको स्पष्ट नीति नहुँदा व्यवसायी मारमा परेको जनाएको छ ।

साथै महासंघले जनमानसमा सर्वप्रिय र दैनिकरुपमा अत्यावश्यक बनिसकेको मोबाईललाई विलाशिता वस्तुको रुपमा नलिई अत्यावश्यकीय वस्तुमा राख्न अनुरोध गरेको छ ।

You might also like

Comments are closed.