पर्वतमा फैलियो अफ्रिकन स्वाइन फिभरको संक्रमण, बङ्गुर आयात-निर्यातमा रोक

पर्वत । पर्वतमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको छ । सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि त्यहाँ उच्च सतर्कता अपनाउन थालिएको छ। सङ्क्रमण भित्रिन नदिन बङ्गुर आयात–निर्यातमा रोक लगाइएको छ ।

काठमाडौं, पोखरा, म्याग्दी र बागलुङमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गुर मरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि पर्वतका व्यावसायिक कृषकलाई भेला गराएर जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ।

सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख रामजी पौडेलले जानकारी दिए। जिल्लामा अहिलेसम्म सङ्क्रमण भने देखिएको छैन्। पौडेलका अनुसार कृषकलाई मासु उपभोग गर्न योग्य बङ्गुर काटेर चिस्यान केद्रमा राख्नसमेत आग्रह गरिएको छ।

सङ्क्रमण फैलिनुभन्दा पहिलै स्वास्थ बङ्गुर काटेर चिस्यान केन्द्रमा फ्रिजिङ गर्न भनिए पनि पर्याप्त कोल्ड रुम नहुँदा समस्या भएको छ । यसका लागि स्थानीय तहलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

You might also like

Comments are closed.

Secret Link