पर्यटन, संस्कृति र सामाजिक सद्भावलाई पहिचानका रूपमा स्थापित गरिने

काठमाडौं । सरकारले पर्यटन, संस्कृति र सामाजिक सद्भावलाई देशको पहिचान एवं गौरवका रूपमा स्थापित गर्ने भएको छ ।

राष्ट्रिय एकता, बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचानका रुपमा विकास गर्ने नीति सरकारले लिएको छ ।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा पर्यटनको समग्र विकासमार्फत आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको छ। कोभिड महामारीबाट अत्यधिक प्रभावित पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालासँगको परामर्शमा पर्यटन पुनत्थानका कार्यक्रम अगाडि ल्याउने उद्घोष गरिएको छ ।

jutta mela

पर्यटकीय पूर्वाधारको विकास गर्दै पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्द्धन गरी दीगो पर्यटनको आधार तयार गर्ने विषय उक्त कार्यक्रममा समेटिएको छ।

गुणस्तरीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न पर्यटकीय सेवाका विस्तार गर्ने, नेपाली सभ्यता, भाषा, धर्म, संस्कृति र जातजातिको संरक्षण एवं विकास गर्ने विषय नीतिगत प्राथमिकतामा परेको छ।

You might also like

Comments are closed.