भक्तपुर । सूर्यविनायक नगरपालिका-३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा एक जना घाइते भएका छन् भने, दुई घरमा क्षति पुगेको छ।
सिलिण्डर बिस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएकी छन् । घाइते थपलियाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
सिलिण्डर बिस्फोट हुँदा घरको भान्छा कोठा भत्किएको छ भने, पार्किङमा रहेको कारको सीसा फुटेको छ ।
साथै छिमेकीको घरको झ्यालका सिसासमेत फुटेर क्षति पुगेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।
Comments are closed.