चीनका आवासीय राजदूत सङले बुझाए राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.