रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्सबीच पशु बीमा सम्झौता

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाबीच पशु बीमासम्बन्धी सम्झौता गरिएको छ। रेसुङ्गा नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाअन्तर्गत सबै वडामा रहेका पशुहरूको बीमा सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेड गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपाने र रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल तथा पशु शाखा प्रमुख रुमाखर मरासिनीले हस्ताक्षर गरेका छन् ।

रेसुङ्गा नगरपालिकामा रहेका गाई, भैँसी, बाख्रा भेडाहरूको पशु बीमा गरिएको हो । सम्झौताअनुसार प्रति गाईभैँसी बीमाका लागि रेसुङ्गा नगरपालिकाले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने छ। बाँकी रकम किसान स्वयंले उठाउनुपर्ने सम्झौतामा उल्लेख छ ।

विभिन्न रोग तथा दैवी प्रकोपवाट पशु चौपायाको क्षति हुँदै आएको अवस्थामा कृषकको सहजताका लागि नगरपालिकाले पशु बीमा कार्यक्रम ल्याएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए।

You might also like

Comments are closed.