शनिवार पनि सबै कर तथा राजश्व कार्यालय खुल्ला

काठमाडौं । शनिवार पनि सबै कर तथा राजश्व कार्यालय, राजश्व संकलन गर्ने बैंक र भुक्तानी क्लियरिङको काम गर्ने कार्यालयहरु समेत खुल्ला भएका छन्।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अन्तिम दिन भएकोले राजश्व तथा कर संकलनमा सहजता होस् भन्ने उद्देश्यले अर्थमन्त्रालयको निर्देशनपछि सोसँग सम्बन्धित काम गर्ने बैंक तथा कार्यालयहरु खुल्ला भएका हुन् ।

यसकारण शुक्रबार राजश्व तथा कर, बैंकिङ तथा क्लियरिङको काम गर्न नपाएकाहरुले आज पनि दिनभर सो अवसर पाउनेछन् ।

आयकर ऐन २०५८ को दफा ९४ को उपदफा९१० बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरण र सो विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९ /०८० को वार्षिक आयकर रकमको पहिलो किस्ता बापतको चालीस प्रतिशतले हुने रकम २०७९ पुस महिनाभित्र दाखिला गर्नुपर्ने कानुन व्यवस्था रहेको छ ।

You might also like

Comments are closed.