वायुसेवा निगमद्वारा सञ्चय कोषलाई ३३ करोड ९ लाख भुक्तान

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको ३३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ।

विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा पछिल्लो समय भुक्तानी भइरहेको निगमको भनाई छ ।

यसअघि गएको असार ३० गते १ अर्ब ३५ करोड रुपैयाँ र कात्तिक १ गते ७३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।

You might also like

Comments are closed.