काभ्रे खानीखोलामा सोनाम ल्होसारको तीन दिन सार्वजनिक बिदा

काभ्रे । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावररह्योई ल्होको सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ल्होसार पर्व मनाउन आगामी माघ ७, ८ र ९ गते गाउँपालिले बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होसार मूल आयोजक समिति गठन गरी ल्होसार मनाउने तयारी गरेको हो ।

You might also like

Comments are closed.