पोखरा । आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुमा ५ जना भारतीय, रुसका ४ जना रहेको खुलेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । जहाज पूरै जलेको छ। दुर्घटना स्थ्लमा अहिले पनि उद्दारको काम चलिरहेको छ ।
Comments are closed.