मन्त्रिपरिषदको निर्णय : छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन

शोकमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ।

आज दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो। सरकारले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

त्यस्तै, सरकारले विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ।

You might also like

Comments are closed.