युनाईटेड मोदी हाइड्रोपावरद्वारा ७.३६८ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश ७.३६८ घोषणा गरेको छ ।

आर्थिक वर्ष ७८/ ७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई कम्पनीको पौष २९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्विकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

You might also like

Comments are closed.