पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा शुक्रबार १३ खेल सम्पन्न भएका छन्।
प्रतियोगिताको हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले रेफी सन्तोष गुरुङलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे । सविन मेमोरियल क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा बालोदय माविले मदरल्याण्ड माविलाई १-० ले गोलले हरायो ।
त्यसैगरी दोस्रो खेलमा लिटिल स्टेपले स्टेपबाइस्टेपलाई २–० गोलले, स्पाइरल ग्यालरीले मर्निङस्टार स्कुललाई ट्राइबेकरमा हराएको छ । निर्धारीत २० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
शुक्रबार नै भएको चौथो खेलमा सगरमाथाले न्यु मोडललाई ४–१ ले, केफले न्यु ग्यालेक्सिलाई ३–२ ले शिसुनी केतनले मदरल्याण्ड ए लाई ३–० ले, माउण्ट अन्नपुर्णले हिल प्वाइटलाई ४–१, जेसिएले पोखरा मल्टिमोडललाई ४–१ ले हराउदै अर्को चरणमा प्रवेश गरेका छन् ।
२९ टिमले सहभागी प्रतियोगितामा नवौं खेलमा डाइमण्ड स्कुलले न्युलाइटलाई २–१ ले, सृजनास्कुलले बालकल्याणलाई ४–१ ले, नेपाल आर्दश आवासियले रेम्बो एकेडेमीलाई ४–३ ले, ग्लोबल कलेजियटले पोखरा आर्दशलाई ७–३, कास्की मोडनाइजले सोसल पब्लिकलाई ५–० हरायो।
प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन्। कास्की जिल्लाबाट ८ टिम छनौट भई प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन्। जिल्ला स्तरीय प्रतियोगिताको विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गर्ने छन् ।
कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए। फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उनले बताए। प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा छनौट प्रतियोगिता चलेको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, हिसान कास्कीका निर्वतमान अध्यक्ष डा. रामजी शर्मा, सचिब ढाकाराम कँडेललगायतले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोगी हुने बताए।
Comments are closed.