काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संस्थाहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।
शनिबार बिहान सम्पन्न संघको २९ औं साधारण सभाबाट एमाले निकट प्रगतिशील समूहका भण्डारी निर्वाचित भएका हुन् । भण्डारी १९९ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी भूवनसिंह गुरुङले १५१, कुमुद खनालले १३१ र ईश्वरबहादुर जीसीले १२८ मत ल्याएका थिए ।
उक्त निर्वाचनबाट महासचिव र सचिव बाहेक सबै पदाधिकारी भण्डारी समूहका निर्वाचित भएका छन् । नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा डिकबहदुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सन्जु गुरुङ, तृतिय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित निर्वाचित भएका छन् ।
त्यस्तै, समितिको सदस्यहरुमा सदस्यहरुमा राजेन्द्र बस्नेत, विक्रम श्रेष्ठ, देवीमाया थापा, बैकुण्ठप्रसाद पौड्याल (बैभव), कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भूसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बू निर्वाचित भएका छन् ।
Comments are closed.