राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ। राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिका बीच माओवादी केन्द्रको हिजो र आज बसेको पार्टी स्थायी कमिटीले बैठकले त्यस्तो निर्णय गरेको हो ।

एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि त्यसैअनुसार अघि बढने नीति लिएको उनको भनाइ थियो ।

उपाध्यक्ष महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ। राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हँदैन ? त्यो बाँकी छ । तर हाम्रो मत भने त्यो हो । अरु पार्टीसँग पनि छलफल हुन्छ। एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने हो ।’

jutta mela

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धी प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन बैठकमा पेस गरेका थिए ।
बिहीबारबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक माघ १६ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

You might also like

Comments are closed.