मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

मलेसिया । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.ली.को आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न भएको छ। मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपाली राजदूत पौडेलले श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशिल रहको बताए। उनले मलेसियामा रहेका सबै नेपालीको सुखदुखमा राजदूतवास सधैं साथमा रहेको बताए। गैरकानुनी ढंगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीहरुलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबै कुरा बुझेर मात्रै आउन अनुरोध गरे ।

मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानका लागि दुतावासले पहल गरिरहेको उनले प्रष्ट पारे । कार्यक्रमका विशिष्ट अतिथि गैरआवासिय नेपाली संघ एनआरएनए आईसिसि केन्द्रीय सचिव एवम ईन्टरनेशनल सोसल अर्वाडबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीहरुको हकहितका लागि व्यक्तिगत र संस्थागतरुपमा क्रियाशिल रहेको बताए ।

समस्यामा परेका नेपालीहरुको उद्धार, राहत तथा सहयोगमा आफु निरन्तर सक्रिय रहेको बताउँदै न्यौपानेले प्रवासमा कमाएको रकम नेपालमा लगानी गर्न आह्वान गरे। क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.ली.ले सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरेको अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।

यस वर्ष जिरो माईल (रिमिक्स धमाका) संगको सहकार्यमा संयुक्त रुपमा कार्यक्रम गरिएको हो। अर्वाड कार्यक्रम साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवानसहितको भव्य साँस्कृतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि गैरआवासिय नेपाली संघ एनआरएनए आईसिसिका मध्यपूर्व संयोजक एवम् कोभिड हिरो अर्वाडबाट सम्मानित मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले अर्वाडले सामाजिक क्षेत्रमा क्रियाशिल हुन उर्जा थपेको बताए । लामो समयदेखि प्रवासमा रहेर प्रवासी नेपालीहरुको हकहितका निम्ती क्रियाशिल गोर्खालीले कोभिडको समयमा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा हिमालयन फुटबल क्लवका अध्यक्ष तथा गैरआवासिय नेपाली संघ एनआरएनए स्पोर्टस एकेडमीका फुटबल मेनेजर सन्तोष कार्की, सहकार्य संस्था जिरो माईलका अध्यक्ष तथा गैर आवासिय नेपाली संघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठ, गैरआवासिय नेपाली संघ एनआरएनए आईसिसि सदस्य नेत्र केसी, गैर आवासिय नेपाली संघ एनआरएनए आईसिसि सदस्य तथा मलेसियाका लागि पर्यटन सद्भावना दूत नन्दबहादुर क्षेत्री, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, वरिष्ठ लेखक सामाजिक व्यक्तित्व रामकुमार बिष्ट, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजि बगालेलगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ एनआरएनए आईसिसि केन्द्रीय सचिव खगेन्द्र न्यौपानेलाई ईन्टरनेशनल सोसल अर्वाड प्रदान गरिएको छ भने, मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’, मध्यपूर्व संयोजक गैर आवासिय नेपाली संघ एनआरएनए आईसिसि ईन्टरनेशनल कोभिड हिरो अर्वाड, नन्दबहादुर क्षेत्रीलाई ईन्टरनेशनल टुरिजम अर्वाड, बिनोद थापालाई ईन्टरनेशनल सोसल अर्वाड, राम जि बगालेलाई राष्ट्रिय दैनिक सिनियर जर्नालिष्ट अर्वाड प्रदान गरिएको छ ।

You might also like

Comments are closed.