काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले तेस्रो वार्षिक उत्सव मनाएको छ । महासंघको मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच आफ्नो वार्षिक उत्साव मनाएको हो । महासंघका अध्यक्ष रानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद् गणेश पराजुली रहेका थिए ।
कार्यक्रममा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा, महासंघका संस्थापक सदस्य तथा पूर्व गृहराज्य मन्त्री दिपक बास्कोटा, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम रानालगायत व्यावसायिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। अन्तरकृया कार्यक्रमका साथै केक काटेर वार्षिक उत्सब मनाईएको थियो ।
कार्यक्रमका बाेल्दै पराजुलीले हामीले उत्पादन गरेको जुनसुकै वस्तुहरुको बजार प्रवर्द्धनका लागि सरकारले गरेको प्रयासहरु प्रयाप्त नभएको बताएका छन् । उनले फरक फरक समय धेरै मेलाहरु आयोजनाको आयोजना गर्ने गरिएको बताउँदै बेलाबेला यस्ता मेलाहरु भन्दा नेपालमा उत्पादन हुने सबै वस्तुहरुको प्रदर्शनीका लागि सम्पूर्ण क्षेत्रहरु मिलेर एकैपटक मेलाको आयोजना गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री तथा महासंघका सल्लाहकार युवराज खतिवडाले नेपाल भारत संघ अहिले नविकरणको चरणमा रहेकाले त्यसमा नेपाल र भारतको बीचमा कृषि उत्पादनहरुको आदनप्रदानमा पारस्परिकता भन्दा माथि उठेर भारतले हामीलाई प्राथमिकता दिनुपर्छ भन्ने साझा धारण रहेको बताए ।
त्यसले नेपाली उत्पादनले भारतीय बजार पाउन संस्थागत र कानुनीरुपमा सहज हुने उनले बताए । साथै खतिवडाले हामी सबै विषयमा जान्ने भएर धेरै कुरा बिग्रिएको बताउँदै सम्बन्धित क्षेत्रका मान्छेले सम्बन्धित विषयमा आधारिकतासहितको कुरा गर्यो भने मात्रै त्यस्ता कुराहरुले उपलब्धी हासिल हुने बताए ।
नेपालको निर्यात व्यापार पछिल्लो वैदेशिक व्यापार आयतको हिस्सा ८९.७ प्रतिशत हुँदा निर्यातको हिस्सा १०.२९ प्रतिशत अर्थात् १० खर्ब १५ अर्व ८० करोड ८४ लाख व्यापार घाटा भएको छ । निर्यात भने जम्मा १ खर्ब ३१ अर्व ६५ करोड ६० लाख रहेको छ । आयात व्यापारको हिस्सा ८० देखि ९० प्रतिशत हुँदा प्रत्येक १० औं खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको तथ्यांक रहेको छ । निर्यात व्यवसाय महासंघमा हाल ९७ निर्यात व्यवसायहरु आवद्ध रहेका छन् ।
Comments are closed.