काठमाडौं । चाबहिलको चुचेपाटीमा ई स्कुटरको नयाँ शोरुम खुलेको छ । नेपालका लागि याडिया ब्रान्डको ई स्कुटरको आधिकारिक वितरले शोरुमको उद्घाटन गरेको हो।
विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले नेपालमा निरन्तर विभिन्न मोडेलहरुको प्रिमियम ई स्कुटरहरु बिक्री गर्दै आएको छ ।
यसका साथै बिक्री पछिको स्तरिय सेवालाई निरन्तरता दिँदै कुजु नेपाल प्रालि.ले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर नेटवर्कहरु स्थापित गरी सकेको छ ।
साथै थप सुविधाहरु उपलब्ध गराउन कम्पनीले केन्द्रित भएर बिर्तामोड, दमक, धरान, इटहरी, विराटमगर, लहान, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ।
Comments are closed.