नवनिर्वाचित सांसदको सम्मानमा शीतलनिवासमा चियापान

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन् । दिउँसो ३ बजे चियापान कार्यक्रम आयोजना हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सांसदहरुलाई बधाई तथा शुभकामना दिनेछन् । उनले हिजो संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी थिइन् ।

राष्ट्रपति भण्डारीको कार्यकाल आउँदो फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव तोकिएको छ। तर, राष्ट्रपतिको उम्मेदवारबारे सत्ता गठबन्धनमा विवाद छ।

You might also like

Comments are closed.