प्रिमियर स्टिलको ‘प्रिमियर डिलर्स मिट’ सम्पन्न

विराटनगर । नेपालको प्रतिष्ठित स्टिल कम्पनी प्रिमियर स्टिल प्रा.लि.ले ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विराटनगरमा आयोजित समारोहमा प्रिमियर स्टिलले आफ्नो व्यवसायिक यात्राको महत्वपूर्ण सहयात्री रहेका देशभरका डिलरहरुलाई भेला गरेर ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीका तर्फबाट डाइरेक्टरहरू पवन सारडा, सौरभ सारडा, अनुपम राठी, अभिजित सिहंलगायतले कम्पनीका बारेमा प्रकाश पार्दै हाल कम्पनीका उत्पादनहरू, गुणस्तर, बजार विस्तारका योजना र भावी रणनितिका विषयमा डिलर संचालकहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा प्रिमियर स्टिलका ब्रान्ड एम्बेसडर, राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले ‘प्रिमियर डिलर्स मिटका सहभागीलाई हौसला बढाउदै नेपालको प्रतिष्ठित स्टिल कम्पनी प्रिमियर स्टिलसगं आवद्ध भएर कार्यक्रममा सहभागी हुन पाउदा गौरबवो अनुभूति भएको बताएका थिए ।

सो अवसरमा डिलरहरूले पनि बजारको अहिलेको अवस्था र बजार विस्तारका अन्य नयाँ उपायहरूका विषयमा सुझाव प्रदान गरेको कम्पनीका ब्राण्ड मेनेजर सजल राउतले बताए । सो अवसरमा सहभागी डिलरका संचालकहरूलाइ उद्योगको भ्रमण गराइएको थियो ।

शारदा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापित प्रेमियर स्टील अहिले पूर्वी नेपालको विशाल उपलब्धि बन्न पुगेको छ । दैनिक ८०० टन भन्दा बढी उत्पादन क्षमता भएको यो उद्योग सुनसरीको दुहबीमा अवस्थित छ । नेपालमा स्टिल उत्पादन गर्ने सबैभन्दा ठूलो यो कम्पनीले गुणस्तरमा विशेष ध्यान दिँदै ग्राहकको आवश्यकताहरुलाई पूरा गर्दै आएको छ ।

गुणस्तरीय उत्पादनको लक्ष्यका साथ स्थापित प्रिमियर स्टिलले देशभर ६०० वटा रिटेल आउटलेट खोल्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

You might also like

Comments are closed.