ब्रोकर कम्पनीले अब शाखा विस्तार गर्दा १ करोड ५० लाख चुक्ता पुँजी कायम गर्नुपर्ने

काठमाडौं । अब ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा रू एक करोड ५० लाखका दरले चुक्ता पुँजी कायम गर्नुपर्ने भएको छ ।

बोडले बिहीबार नेपाल धितोपत्र बोर्डले ‘ धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको र उक्त निर्देशिका अनुसार अब ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा रू एक करोड ५० लाखका दरले चुक्ता पुँजी कायम गर्नुपर्ने  निर्देशिकामा उल्लेख छ । साथै मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृती नदिने निर्देशिकामा उल्लेख छ ।

बिहीबारदेखि कार्यान्वयनमा आएको उक्त निर्देशिकाले ब्रोकर व्यवसायमा हुने वित्तीय जोखिमको न्यूनीकरण गर्ने विश्वास बोडले जनाएको छ । धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्न तोकिएको विवरण तथा कागजातसकित बोर्ड समक्ष निवेदन दिनुपर्ने र निवेदन दिदा धितोपत्र दलाल व्यवसायीले एकपटकमा एउटा मात्र शाखा कार्यालय खोल्नका लागि निवेदन दिन सक्नेछन् ।

ब्रोकर कम्पनीले एक पटकमा एउटा मात्र शाखा खोल्नका लागि बोर्डमा निवेदन दिनुपर्नेछ । शाखा कार्यालय खोल्न अनुमति पाएको तीन महिनाभित्र कार्यालय सञ्चालनमा ल्याइसक्नुपर्नेछ । तर नेपाल सरकारले तोकेको र्दुुगमा जिल्लामा थप शाखा कार्यालय खोल्ने बोर्डले स्वीकृति दिन सक्नेछ ।

त्यसैगरी ,धितोपत्र दलाल व्यवसायीले काठमाडौं उपत्यका बाहिर कम्तिमा ३ वटा शाखा खोलेपछि मात्र काठमाडौं उपत्यकाभित्र शाखा खोल्न सकिने निर्देशिकामा उल्लेख गरिएको छ । व्यवसायीको संचालक वा कार्यकारी प्रमुखले धितोपत्र सम्वन्धी ऐन अनुसार सम्पति शुद्धीकरणसम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाएमा  एक वर्षसम्म सम्वन्धित धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्न नसक्ने व्यवस्था गरेको छ ।

निर्देशिकाको पूर्णपाठ हुर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्  :

https://sebon.gov.np/uploads/2023/02/17/3DFPslPxqsW5d4kb7zfAFjlRhP1R7HRK259vYl5N.pdf

 

You might also like

Comments are closed.