जुम्लाको पातारासीमा ‘हाइअल्टिच्युट’ तालिम केन्द्र

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका ‘हाइअल्टिच्युट’ तालिमको केन्द्र बन्ने भएको छ ।

पातारासी –३ स्थित लोठचौरमा निर्माण हुने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट रु ५० लाख बजेट विनियोजित भएको छ । पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उपभोक्ता समितिमार्फत केन्द्रको निर्माण हुने जानकारी दिए ।

पूर्वपशुपक्षी विकासमन्त्री गोमा गौतम (कुँवर) को पहलमा पातारासीको लोठचौरमा सो केन्द्र बन्ने लागेको हो । केन्द्र कर्णालीकै नमुना भएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।

jutta mela

पातारासीमा पर्यटकीय सम्भावना धेरै रहेका जनाइएको छ । कालीमार्सी धान फल्ने छुमचौरमा केन्द्र निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिइएको छ । रासस

You might also like

Comments are closed.