बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनद्वारा व्यवसायीलाई तालिम

पोखरा ५ चैत । बुद्ध बिशाल वजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी सदस्यहरूलाई एकदिने सकारात्मक सोच सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

तालिममा बोल्दै बुद्ध बिशाल वजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले व्यवसायी साथीहरूमा आज गर्न सकिने काम सकेसम्म आजै गर्न सक्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने बताउँदै व्यवसायीले ग्राहकसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताए ।

एशोसियसनका उपाध्यक्ष ईन्द्रराज अर्यालले व्यवसायी साथीहरूले तालिमपछि व्यवहारमा परिवर्तन ल्याउने अपेक्षा गर्दे तालिम उपयोगी हुने कुरामा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रशिक्षक भिम प्रसाद श्रेष्ठले सकारात्मक सोचले दिमागलाई आशावादी बनाउने र जीवनको उज्ज्वल पक्ष देखीने बताउए । अर्ध ज्ञान विषयले कालान्तरमा दुःख पैदा गर्न सक्छ तर आधा भरिएको सोच राख्नेहरू आशावादी मानिन्छन् भन्दै प्रशिक्षक श्रेष्ठले व्यवसायी साथीहरूले सिकेका कुरा व्यवहारमा अभ्यास गर्दै गएमा जीवनमा सफल हुने बताए ।

एशोसियसनका महासचिव बुद्धि बहादुर कुँवरले सकारात्मक व्यक्ति जहिले पनि अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुने बताउदै सकारात्मक परिणामको आशा गरे परिणाम पनि सकारात्मक पाउन सकिने बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सुचना,प्रविधि तथा सन्चार समितिका सदस्य विष्णु प्रसाद अधिकारी क्यानडा देश प्रस्थान गर्न लागेकोमा उनको बैदेशिक यात्रा सुखमय होस भन्दै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले अधिकारीलाई सम्मानपत्रको साथ विदाई गरेको थियो ।

You might also like

Comments are closed.