काठमाडौं । भारतीय बजारमा स्पोर्टस बाइक निर्माता कम्पनी कावासाकीले नयाँ बाइक कावासाकी इलिमिनेटर लन्च गर्ने तयारीमा रहेको छ ।
यो क्रुजर बाइक सन् २०२३ को दोस्रो हप्ता भारतमा लन्च हुने अपेक्षा गरिएको छ । लन्च हुने उक्त बाइकले रोयल इन्फिल्डको सुपर मेटियर ६५० सँग कम्पनीले जनाएको छ । यो बाइक २०२३ कावासाकी इलिमिनेटर ४०० हुनेछ ।
यसमा ३९८ सीसीको प्यारेलर ट्विन, लिक्विड–कुल्ड इन्जिन छ, जुन ६ स्पिड गियरबक्ससँग जोडिएको छ । सो इन्जिनले १० हजार आरपीएममा ४६.९ बीएचपीको पावर र ८ हजार आरपीएममा ३७ एनएमको टर्क जेनेरेट गर्छ ।
सो बाइकमा १८ इन्च फ्रन्ट र १६ इन्च रियर ह्विल छ । यसको तौल १७६ केजी छ । ब्रेकिङको लागि ३१० एमएम डिस्क र रियरमा २४० एमएम ड्रम ब्रेक रहेको छ । यसमा ड्युअल च्यानल एबीएस पनि छ ।
कावासाकी इलिमिनेटर ४०० को डिजाइन क्लासिक क्रुजरको जस्तै छ । बाइकमा टियरड्रप आकारको इन्धन ट्यांकी, चौडा ह्यान्डलबार र क्रोम एक्जस्ट सिस्टम पनि छ । यो बाइक जापानी बजारमा स्ट्यान्डर्ड र एसई गरी २ भेरिएन्टमा उपलब्ध छ ।नेपाल अटो
Comments are closed.