मिटर ब्याजी पीडतसँग गृहमन्त्रालयको टोलीको भेट

काठमाडौं । गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटर ब्याजी पीडतसँग घेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ ।

भेटमा मिटर ब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वस्त पारेका थिए ।सहसचिव शर्माले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए ।

“यस विषयमा सरकार संवेदनशील छ, सकारात्मक छ भनेर सम्झायौँ”, भेटघाटमा सहभागी काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले भने । पीडितले प्रधानमन्त्रीसँगै भेटेर कुरा गर्न चाहेको कुरा व्यक्त भएको उनले बताए ।

मिटर ब्याजी पीडित तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडाैं आएका हुन् । सरकारले उनीहरुको समस्या समाधानका लागि गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनलाई संसद्मा लैजाने निर्णय गर्न लागेको बताइएको छ ।

You might also like

Comments are closed.