नासा वाग्मती प्रदेशको आयोजनामा चितवनमा अटो जिमखाना प्रतियोगिता हुने

काठमाडौं ।  नासा नेपाल वाग्मती प्रदेशको आयोजनामा चितवनमा अटो जिमखाना प्रतियोगिता हुने भएको छ । मोटर रेसिंगको सर्ट सर्किट विधा अटो जिमखाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसावले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला , साहस र सृजना प्रस्तुत गर्नेछन् ।

भरतपुरमा रहेको महालक्ष्मी ट्रायल सेन्टर प्रा .लि. १ किमि ट्रयाकमा सो प्रतियोगिताको तयारी गरिएको बताइएको छ । जहाँ १६ देखि २५ जना ड्राइभर सहभागी गराउने योजना रहेको छ । नेपाल भरिका कुनै पनि स्थानका इच्छुक ड्राइभरहरुले अनलाइन मार्फत नाम दर्ता गर्ने सक्ने छन् जसले नासा नेपालको लाइसेन्स लिएको भने हुनुपर्नेछ ।

आगामी वैशाख ३० गते विहान ६ बजे देखि शुरु गरिने सो कार्यक्रमका विजेतालाइ क्रमश २७ हजार रुपैयाँ, ९ हजार रुपैयाँ र ३ हजार रुपैयाँ नगद , शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । वैशाख २९ गते अपरान्ह सम्पूर्ण सहभागीलाइ अरिन्टेशन दिइनेछ भने कार्यक्रममा ड्राइभर्स , मार्शल र अन्य प्राविधिक गरि ८० जनाको सहभागीता रहनेछ ।  कार्यक्रमका सहभागीले दर्ता शुल्क वापत ३ हजार वुझाउनपर्नेछ भने २ दिनको आवास तथा लन्च समूह बीमा तथा रोड सेफ्टीको ओरीन्टेसन गरिनेछ ।

jutta mela

कार्यक्रममा सवै किसिमका गाडी १२०० देखि २००० सी सी सम्मका ले भाग लिन पाउने बताइएको छ भने ५ जना सम्म महिला सहभागी भएमा दुइ क्याटागोरी बनाइनेछ । कार्यक्रमको लागि राजन पियाको संयोजकत्वमा व्यवस्थापन टिम र गोपाल भट्टराईको संयोजकत्वमा आर्थिक टिम वनाइएको छ ।

भरतपुर महानगरपालिकाका मेयरद्वारा शुभारम्भ गरिने सो प्रतियोगिताको समापन भने वाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिवद्वारा हुनेछ ।

You might also like

Comments are closed.