स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा खुल्ला रक्तदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्त सञ्चार सेवा, कास्कीको प्राबिधिक सहयोगमा आइतबार महेन्द्रपुलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा फेकन गण्डकी प्रदेश समिति सदस्य रबि बहादुर बिकले जानाकारी दिए । संस्थाका अध्यक्ष संजय सुबेदीको अध्यक्षतामा तथा पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि मर्सानीले संस्थाले राम्रो कार्यक्रम गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा शैक्षिक परामर्श संघ नेपाल (इक्यान), कास्कीका अध्यक्ष रमेश थापा, भाषा संघ नेपालका केन्द्रीय अध्यक्ष पूर्ण चन्द्र न्यौपाने, रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्त सञ्चार सेवा, कास्कीका प्रमुख अर्जुन ज्ञावाली लगायतले बोलेका थिए ।

संस्थाले बहन गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर नव वर्षको अबसरमा कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने संस्थाका सचिव विष्णुप्रसाद अधिकारीले जानाकारी दिए ।

सोही कार्यक्रमको अबसरमा बिक्रम संवत २०८० को भित्तेपात्रो पनि बिमोचन गरिएको छ ।

You might also like

Comments are closed.